काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेकाे छ । कम्पनीले सातै प्रदेशमा ब्रान्च मेनेजरको लागि कर्मचारी माग गरेको हाे ।
उक्त पदमा आवेदन दिनका लागि कम्तिमा ब्याचलर डिग्री गरेका र बैंक, बीमा फाइनान्स जस्ता सम्बन्धित क्षेत्रमा कार्यानुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।
त्यस्तै, उमेरको हकमा २३ पुरा भएर ३५ नकटेको र कम्प्युटर सम्बन्धि विशेष ज्ञान भएकाले आवेदन दिन सक्ने कम्पनीले जनाएकाे छ ।