काठमाडौं । कामना सेवा विकास बैंक र मल्पी इन्टरनेशनल कलेजबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकले असोज १९ गते शुक्रबार नारायणगोपालचोक चक्रपथ, काठमाडौं स्थित मल्पी इन्टरनेशनल कलेजसँग शिक्षण शुल्क छुट सम्बन्धी सम्झौता गरेको हो ।

यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र कर्मचारी परिवारका सदस्यहरूलाई ४ वर्षको भर्ना र सेमेस्टर शिक्षण शुल्कमा २० प्रतिशत छुट र ग्राहकहरूलाई भर्ना र सेमेस्टर शिक्षण शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।