विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिने भएका छन् । उनले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने जनाइएको छ । उनले आजै विश्वासको मत लिने समय तोकिएको थियो ।
एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्रीले आजै राजीनामा दिने जानकारी दिए ।