काठमाडाैं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेलो छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो।
योसँगै प्रतितोला छापावाला सुन १ लाख ७ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार १०० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाला सुन १ लाख ७ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ३३० रुपैयाँ कायम भएको छ।