काठमाडाैं । सिद्धिविनायक स्न्याक्स एण्ड नुडल्सले नयाँ ब्राण्ड ‘गज्जबको मिठो’ चाउचाउ बजारमा ल्याएको छ। कम्पनीद्वारा उत्पादित गज्जबको पिरो चाउचाउको सफलतापछि कम्पनिले अर्को ब्राण्ड गज्जबको मिठो लिएर आएको जनाएको छ।

यो चाउचाउमा कम्पनीले सिंगापुरको सिजनिंग प्रयोग भएको बताएको छ भने उपभोक्ताले नयाँ स्वाद लिनसक्ने पनि पनि कम्पनीले जनाएको छ।कम्पनीकाअनुसार यो गज्जबको मिठो चाउचाउ बजारमा उपलब्ध अन्य चाउचाउभन्दा फरक स्वादमा उपलब्ध रहेको कम्पनीको दावी छ।