काठमाडौं । नेपाल स्टक एक्कसचेन्ज (नेप्से) मा सानिमा बैंकको बोनश शेयर मूल्य समायोजन भएको छ । आइतबार नेप्सेले यस बैंकको बोनश शेयर मूल्य समायोजन गरेको हो ।
नेप्सेले आज बैंकको ९ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य दुई सय ४७ दशमलव २४ रुपैयाँ तोकेको छ ।
नेप्सेले आइतवार कायम अन्तिम शेयर मूल्य दुई सय ६९ दशमलव ७० रुपैयाँको आधारमा शेयरमूल्य समायोजन गरेको हो ।