काठमाडौं । नबिल बैक लिमिटेडको सहायक कम्पनी नबिल सेक्यूरिटिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा नियुक्त भएका छन् । नबिल सेक्यूरिटिजको सञ्चालक समितिले देवकोटालाई २०८० आश्विन २१ गतेदेखि लागु हुने गरी चार वर्षको लागिकार्यकारी प्रमुखमा नियुक्त गरेको हो ।
दुई दशक लामो बैंकिङ क्षेत्रको अनुभवहासिल गरेका देवकोटा यसअघि नबिल बैंक लिमिटेडको प्रमुख लगानी अधिकृतको रूपमा कार्यरत रहेका थिए । आफ्नो बैंकिङ करियर २०६२ सालमा नेपाल बैक लिमिटेडबाट सुरु गरेका उनले १५ वर्ष लामो समय नेपाल बंगलादेश बैंकमा सेवा प्रदान गरेका थिए । नबिल बैंकले नेपालबंगलादेश बंैकको प्राप्ति पश्चात्उनले प्रमुख लगानी अधिकृतको जिम्मेवारी पाएकाथिए ।
व्यवसायिक रूपमा चार्टर्ड एकाउन्टेन्ट रहेका देवकोटा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) का पूर्व पार्षद्तथा नेपाल लेखामान बोर्डका पूर्व सदस्य समेत हुन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनी नेपाल ग्रामीण विकास बंैक, आईएमई जनरल इन्स्योरेन्स लगायतका संस्थाहरूमा सञ्चालक सदस्यको रूपमा पनि कार्य गरिसकेका छन् । वित्तीयक्षेत्र र पुँजी बजारमा विशेष दक्खल राख्ने उनको नेतृत्वमा नबिल सेक्यूरिटिजले उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास कम्पनीको सञ्चालक समितिले लिएको छ ।
देशकै अग्रणी नबिल बैकले पुँजीबजारको विकास तथा व्यावसायिकता योगदान पुर्याउने उद्देश्यले स्थापना गरेको नबिल सेक्यूरिटिज लिमिटेड नेपाल धितोपत्रबोर्डबाट धितोपत्र व्यापारी (स्टक डिलर) को रूपमा अनुमति प्राप्त वित्तीय संस्था हो । चुक्तापुँजी एक अर्ब बाउन्न करोड रहेको संस्थाले स्टक डिलर, मार्जिन कर्जा सेवा, पूर्णकालीन धितो पत्रदलाल सेवा, लगानी व्यवस्थापन, प्रत्याभूति सेवा, लगानी परामर्श सेवा लगायतका सेवाहरू प्रदानगर्ने गरेको छ । नबिल सेक्यूरिटिजले नेपाल स्टक एक्सचेन्जबाट धितो पत्रदलाल सेवा (धितो पत्रब्रोकर नम्बर) ७७ को अनुमति प्राप्त गरी आफ्नो सेवा सुचारु गरिरहेको छ ।