काठमाडौं । सूर्यज्योति लाइफले वैदेशिक रोजगारका क्रममा मृत्यु भएका बीमित बोम बहादुर रिलामीको मृत्यु दावी भुक्तानी गरेको छ ।
वैदेशिक रोजगारका लागि गएका ऋषिङ–८ तनहुँका बोम बहादुर रिलामीको रोजगारको शिलशिलामा विदेशमै मृत्यु भएपछि बीमितको परिवारलाई कम्पनीले बीमा बापतको १३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
वैदेशिक रोजगारका लागि गएका रिलामीको उतै मृत्यु भएपछि उनीसँग आश्रीत परिवार आर्थिक संकटमा गुज्रिरहेको बेला बीमा दावी भुक्तानी पाउँदा राहतको महसुस भएको मृतकको परिवारले बताएका छन् ।