काठमाडाैं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो।
योसँगै आज छापावाला सुन प्रतितोला १ लाख ८ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ४०० रुपैयाँ कायम भएको छ।
हिजो छापावाला सुन प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेकाे छ । चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेर १ हजार ३४० रुपैयाँ कायम भएको छ। हिजो चाँदी १ हजार ३४५ रुपैयाँमा किनबेच भएको थियो।