काठमाडौं । आज पनि शेयर बजार घटेको छ । आज शेयर बजार नेप्से परिसूचक १९.०६ अंकले घटेर १,८८९.५९ को विन्दुमा कायम भएको छ ।
आज ३१ कम्पनीको शेयर मुल्य बढेको छ भने १९३ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज २८२ कम्पनीको ४२ लाख ८७ हजार ४२४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २८ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सानिमा जिआइसीको शेयर कारोबार भएको छ । आज कम्पनीको २० करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, नबिल बैंकको तीन करोड ४४ लाख, एनआईसी एशिया बैंकको तीन करोड, शिवम् सिमेन्टको २ करोड ६३ लाख र सिटिजन लाइफको २ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै अपर लोहोरे खोलाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ५.८६ प्रतिशतका दरले कमाएका छन् । इन्फिनीटि लघुवित्त वित्तीय वित्तीय संस्थाका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै, गुरासँ लघुवित्तको ४.०३, प्रभु बैंक डिभेन्चर २०८७को ३.८९ र इङ्वा हाइड्रोपावरको ३.६३ प्रतिशत सहित ३१ कम्पनीको शेयरमूल्य बढेको छ ।
आज सबैभन्दा धेरै बराही हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।
त्यस्तै, आज श्री इन्भेष्टमेन्ट फाइनान्स, स्वेत गंगा हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त, इस्ट्रन हाइड्रोपावर, अप्पर सोलु हाइड्रोपावर, हिमालयन पावर र बीपीडब्लू लघुवित्तको शेयरमुल्य सर्वाधिक घटेको छ ।