काठमाडौं । रंग उत्पादक कम्पनी एशियन पेन्ट्स नेपाल प्रालिकाे काराेबार बढेकाे छ । एशियन पेन्ट्सले काराेबार र नाफा दुबैमा उल्लेख्य वृद्धि गरेकाे हाे ।
कम्पनीले सार्वजनिक गरेकाे वर्ष २०२२-२३ काे वार्षिक प्रतिवेदन अनुसार गत आवमा काराेबार रकम १५.३ प्रतिशतले बढेकाे छ भने नाफा ४.८१ प्रतिशतले बढेकाे छ ।
घरजग्गा काराेबारमा भएकाे मन्दीसँगै पेन्ट्स माग घट्दा पनि बजार रणनीति र उत्पादनमा नविनतासँगै एशियन पेन्ट्सले काराेबार विस्तारमा सफलता पाएकाे हाे । तर याे वृद्धिदर अघिल्ला वर्षहरूभन्दा कम हाे ।
कम्पनीका अनुसार गत वर्ष कूल ८ अर्ब ७४ कराेड ६४ लाख रूपैयाँ बराबरकाे पेन्ट्स बिक्री भएकाे छ । कम्पनीकाे १ अर्ब ५२ कराेड रूपैयाँ खुद नाफा आर्जन भएकाे छ । काराेबार रकमकाे आधारमा नाफाकाे हिस्सा १७.४७ प्रतिशत हाे ।
एशियन पेन्ट्स समूह अन्तर्गतका अधिकांश कम्पनीहरू घाटामा रहेका बेला गत वर्ष गरेकाे नाफामा एशियन पेन्ट्स नेपालकाे नाफाले ५० प्रतिशतभन्दा बढी याेगदान दिएकाे छ ।
यसैगरी राेयल्टी इन्कम(सलामी दस्तुर) वापत एशियन पेन्ट्स नेपालले भारतीय माउ कम्पनी एशियन पेन्ट्स लिमिटेडले २७ कराेड ५० लाख रुपैयाँ भुक्तानी पाएकाे छ । यस्तै एशियन पेन्ट्सले लाभांशवापत २२ कराेड ७५ लाख रूपैयाँ कमाएकाे छ ।