काठमाडौं । आज बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन तोलामा १ सय रुपैयाँले घटेकाे हाे ।
गत मंगलबार प्रतितोलामा १ लाख ८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा १ सय रुपैयाँले घटेर १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मुल्य पनि प्रति तोलामा १ सय रुपैयाँले घटेर १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदीको मुल्य भने स्थिर रहँदै प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।