काठमाडौं । आज बुधबार शेयर बजारमा सामान्य बृद्धि भएको छ । आज नेप्से परिसूचक ५.१६ अंकले बढेर १,८९४.७६ को विन्दुमा कायम भएको छ ।

आज १३७ कम्पनीको शेयर मुल्य बढेको छ भने ८५ कम्पनीको शेयर मुल्य मात्रै घटेको छ ।

आज २८६ कमपनीको ३७ लाख ३३ हजार ५२४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज माण्डु हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । यस कम्पनीको ४ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ३ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आजदेखि कारोबारमा आएको हाथवे इन्भेष्टमेन्टको तीन करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सिटी होटल्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । माण्डू हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, समता घरेलु लघुवित्तको ९.९२ प्रतिशत, सयपत्री हाइड्रोपावरको ९.८५ प्रतिशतले शेयरमूल्य बढेको छ ।

आज सबैभन्दा धेरै सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ४.२१ प्रतिशतका दरले गुमाएका छन् ।

त्यस्तै, आज ग्रीन विकास बैंकको ३.४१, बुद्ध भूमि नेपाल हाइड्रोपावरको ३.४० प्रतिशतले घटेको छ । सुपर मादी हाइड्रोपावर, बीपीडब्लू लघुवित्त, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २, एनआईसी एशिया ग्रोथ फण्ड, किसान लघुवित्त, सिटिजन्स म्युचुअल फण्ड १ र ओरेन्टल होटल्स लिमिटेडको शेयरमूल्य सर्वाधिक घटेको छ ।