काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरण गर्दा छुट दिने भएको छ । कम्पनीले व्यतित बीमालेख नवीकरण गर्दा ३५ प्रतिशत ब्याज छुट दिने भएको हो ।
कम्पनीका अनुसार २०८० असोज २४ गतेदेखि असोज ३० गतेसम्म नवीकरण गराउँदा बीमितलाई लाग्ने ३५ प्रतिशत ब्याज छुट पाइने छ ।
यो सुविधा बीमा अवधिभरि एक पटक मात्रै प्रदान गरिने कम्पनीले जनाएको छ । बीमितहरुलाई तोकिएको समयभित्र यस अवसरको सदुपयोग गरि आफ्नो बीमालेख नवीकरण गर्न कम्पनीले आग्रह गरेको छ ।