काठमाडौं । थप तीन कम्पनीले आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । माविलुङ इनर्जि लिमिटेड, एपेक्स हस्पिटालिटी र याम्बालिङ्ग हाइड्रोपावरले आइपीओ निष्काशन गर्नका लागि सेबोनमा निवेदन दिएका हुन् ।
याम्बालिङ्ग हाइड्रोपावरले २८ लाख कित्ता आइपीओ निष्काशन गर्न असोज १० गते सेबोनमा निवेदन दिएको हो । यस कम्पनीकाे विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
एपेक्स हस्पिटालिटीले २४ लाख कित्ता आइपीओ निष्कासन गर्नका लागि असोज १२ गते निवेदन दिएको हो । यस कम्पनीकाे विक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।
त्यस्तै, माविलुङ इनर्जिले १८ लाख ९० हजार ५३० कित्ता आइपीओ निष्काशन गर्न असोज १४ गते सेबोनमा निवेदन दिएको हो । यस कम्पनीकाे विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।