काठमाडौं । जगदम्बा स्टिल्स कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन गर्न लागेको कम्पनीले धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले ६ अर्ब २ करोड १० लाख रुपैयाँको २ करोड ७० हजार कित्ता सेयर निष्काशन गर्ने भएको छ ।
कम्पनीले अंकित मूल्यमा २०० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३०० रुपैयाँका दरले सेयर निष्कासन गर्ने भएको छ ।
यस कम्पनीकाे बिक्री प्रबन्धकमा शिद्धार्थ क्यापिटल रहेको छ ।