काठमाडौं । साता कारोबार अन्तिम दिन बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार आज २०.१६ अंकले घटेर १८७४.६० को विन्दुमा कायम भएको छ ।
आज २३ कम्पनीको शेयर मुल्य बढेको छ भने २१० कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २९२ कम्पनीको ७५ लाख ५८ हजार ५४२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७० करोडमाथिको शेयर कारोबार भएको छ ।
बिहीबार लक्ष्मी सनराइज बैंकको शेयरको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १६ करोड ३८ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ । यसका साथै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको पाँच करोड चार लाख रुपैयाँ, नेपाल एसबिआई बैंकको चार करोड, सिद्धार्थ बैंकको तीन करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै भगवती हाइड्रोपावर र मिड सोलुका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । हाथवे इन्भेटमेन्टका लगानकिर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सिटी होटल्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९ प्रतिशतका दरले गुमाएका छन् ।
त्यस्तै, बाराही हाइड्रोपावरको ८.१९ र बलेफी हाइड्रोपावरको शेयरमूल्य ८.०५ प्रतिशतले घटेको छ ।