काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप एक कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । शुक्रबार रिलायन्स फाइनान्स लिमिटेडको बोनश शेयर सूचीकृत भएको हो ।

कम्पनीको ६ दशमलव ५० प्रतिशतले हुन आउने ६ लाख ८४ हजार ४५४ कित्ता बोनश शेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयर लगानीकर्ताहरुलाई वितरण गरेको बोनश आज सूचीकृत भएको हाे ।