काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ।

आज छापावाला सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेर १ लाख ८ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ८ हजार ३ सय रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी महासँघले जनाएको छ ।

कारोबारको अघिल्लो दिन बुधबार छापावाला सुनको मूल्य १ लाख ९ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ९ हजार ३ सय रुपैयाँ कायम रहेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँले कारोबार भैरहेको छ ।