दशैंलाई हिन्दु नेपालीहरुको सबैभन्दा महान् चाडका रुपमा मनाइन्छ । किंवदन्ती अनुसार दशैँ वैदिक कालदेखि नै मनाइँदै आएको विश्वास छ ।
दशैंलाई लिएर दुई प्रकारका विश्वास छन् । एउटा नवदुर्गा भवानीसंग सम्वन्धित र अर्को भगवान रामले दश इन्द्रियहरुमा विजय प्राप्त गरिसकेको रावणमाथी हाँसिल गरेको जितसंग । अर्कोे, यही दिन भगवान रामले दश इन्द्रियहरुमा विजय प्राप्त गरिसकेको रावणमाथि विजय प्राप्त गरेर असत्य र नकारात्मक शक्तिलाई सत्यले जित्छ भनेर प्रमाणित गरेकाले नै यस दिनलाई विजयादशमीका रुपमा मनाइएको हो ।
पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धीदात्रीको गरी घटस्थानाको दिनदेखि नवमीसम्म दुर्गा भवानीका ९ रुपको पूजा आराधना गरिन्छ ।
नवदुर्गा भवानीले राक्षसहरुको संहार गरेर असत्यमाथी जीत हाँसिल गरेको हुनाले दशैंमा शक्तिको आराधना गर्ने शास्त्रिय नियम छ ।सांस्कृतिक महत्व एकातिर छँदै छ, यसका अतिरिक्त हाम्रा ५ ज्ञानेन्द्रियका नराम्रा पक्षहरुमाथि विजय प्राप्त गरेर जीवनलाई सत्मार्ग तिर लैजाने सकारात्मक उर्जा प्रदान गर्ने भएकाले दशैँलाई भव्य रुपमा मनाइँदै आएको हो । आफूभन्दा मान्यजनबाट टिका थापेर, उहाँहरुको आशीर्वाद ग्रहण गरेर सुकर्ममा लाग्ने एक प्रकारको अभिलाषा हामीमा रहेको छ ।
महत्व एकातिर छ भने पौराणिक धार्मिक महत्व अर्कोतिर रहेको छ ।दशैँको समयमा मौसम स्वच्छ हुने, हिलो मैलो नहुने आकाश पनि स्वच्छ, सुन्दर हुने हुदाँ वातावरणीय हिसाबले पनि यसलाई राम्रो मानिएको छ । सामाजिक, धार्मिक, सांस्कृतिक विविधता सम्पूर्ण दृष्टिकोणबाट सबैमा आफ्नो उत्कृष्ट पहिचान रहेको छ ।
दशैं किन मनाइन्छ ?
दशैंको मुखमा विभिन्न देवी देवताको भक्ति र पितृ-पूर्वजहरूको श्रद्धा गरिने चलन छ । यसो किन गरिन्छ भन्दा दुर्गतिलाई नाश गरी शक्तिको उपनासको लागि नवदुर्गाको पूजा गरिन्छ । नौ दिनसम्म शक्ति सञ्चयको लागि नवरत्नको पूजा गरिन्छ ।
सोह्र श्राद्ध आफ्नो पितृ प्रति गरिने श्रद्धा हो । श्राद्ध ब्राम्हण क्षेत्रीले मात्र हैन, राई, लिम्बु लगायतका सबै जातिले गर्दछन् । क्षेत्री, बाहुनले गर्नेलाई मात्र श्राद्ध भनिँदैन । श्राद्ध वार्षिकी र दैनिकी गरी दुई किसिमका हुन्छन् । आफ्नो पितृहरूको संझनामा वर्षको एकपल्ट गरिने सोह्र श्राद्ध जस्तै श्राद्ध वार्षिकी हो । खानु, पिउनु, सुत्नु, हिँड्नु, नुहाउनु आफ्नो दैनिक पलपल, क्षण क्षणको नित्यकर्म गर्नु दैनिकी श्राद्ध हो ।
दशैंमा विभिन्न रातो, पहेँलो, हरियो, सेतो रङ्गको टिका अनि जमरा लगाउँछौँ । यसरी विभिन्न रङ्गको टिका र जमरा किन लगाउँछौ भन्दा मान्छेले धर्तीमा खेती लगाउँदाका ७ रूप हुन्छन् । धर्ती माताले उपार्जन गरेको अन्नबाली, साग सब्जी खाएर र ओखतीमूलो गरेर मान्छे बाँचेका छौँ । धर्ती मातामाथि नै फोहोर–मैला गर्छौं । ज्यादै कष्ट पनि दिन्छौँ ।
यसको बदलामा पृथ्वी मातालाई मानिसले के कुराले स्वागत र सम्मान गरौँ त भनेर रातो, सेतो, पहेँलो, हरियो गरी विभिन्न रङ्गको टिका र जमरा केही घण्टा, केही दिन भए पनि लगाएर पृथ्वी माताको स्वागत, सत्कार र श्रद्धा गर्न टिका र जमरा लगाइन्छ भन्ने विश्वास रहेको छ ।दशैंमा टिका लगाएर आफ्ना आफन्त तथा मान्यजनकोमा टिका लगाउन जाने चलन छ ।
दशैंलाई विजया दशमी किन भनिन्छ ?
दशैलाई विजया दशमी पनि भन्ने गरिन्छ । कसै–कसैले यसलाई राम र रावणको युद्धसँग तुलना गरी रामले रावणमाथि विजयप्राप्त गरेको खुशियालीको दिनको रूपमा मानिएको भन्ने गर्दछन् ।