काठमाडाैं । नेपाल सेयरधनी लगानीकर्ता संघमा घनश्याम पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।

काठमाण्डौमा शनिबार सम्पन्न पहिलो वार्षिक साधारणसभाले संघमा पाण्डेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। संघको उपाध्यक्षमा कमलराज अधिकारी, महासचिवमा सुरज खड्का र कोषाध्यक्षमा सोमनाथ प्याकुरेल चयन भएका छन्।

संघको सदस्यहरुमा एलपी शाहा, डम्बर श्रेस्ठ, रामकृष्ण कपाली, ओमकृष्ण श्रेष्ठ, अमिर तिमिल्सिना, जयराम घिमिरे र सम्झना ढुंगाना निरौला छन्।

सभामा उपस्थित सांसद हरि ढकालले लगानीकर्ताको एउटै संगठन हुनुपर्नेमा जोड दिए। उनले लगानीकर्ता एकढिक्का नहुँदा आफूलाई संसद र अर्थ मन्त्रालयमा पुँजीबजारको विषयमा कुरा उठाउन कठिन भएको बताए।

नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारले पनि सेयर लगानीकर्ताको एउटै संगठन बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा संघका निर्वतमान अध्यक्ष नानीबाबु खरेलले स्वागत तथा दसैँ, तिहार र छठको शुभकामना दिएका थिए।