काठमाडौँ । आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलमा ७ सय रुपैयाँले घटेको हाे ।
अघिल्लो दिन प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७ सय रुपैयाँले घट्दै १ लाख १२ हजार ३ सय रुपैयाँमा झरेको हो ।
यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ७ सय रुपैयाँले नै घट्दै १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने आज तोलामा अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।