काठमाडौं । एनआईसी एशिया बैंक पछिल्लो समय बैंकिङ्ग क्षेत्रमा अब्बल र सवल बैंकको रुपमा परिचित छ । बैंक पनि, साथी पनिको स्लोगन सहित बैकिङ्ग क्षेत्रमा प्रवेश गरेको एनआईसी एशिया बैंक बैंकिङ्ग क्षेत्रमा अब्बल र सवल बैंकको रुपमा रहेकाे हाे ।

यस बैंकको ३६० शाखा रहेको छ । त्यसैगरी ३६ लाख ५५ हजार ४१३ वटा बचत खाता रहेको छ भने ५ सय १७ वटा एटिएम रहेको छ ।

त्यस्तै, बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार एनआईसी एशिया बैंक अब्बल देखिएको छ । अरु वाणिज्य बैंकको तुलनामा याे बैंक हरेक परिसुचकमा पहिलो स्थानमा देखिएको छ ।

एनआईसी एशिया बैंकको सबैभन्दा ठूला सेयरधनी बैंकका संचालक त्रिलोक चन्द अग्रवाल रहेका छन् । अग्रवालसँग ६१ लाख ७० हजार ३७६ कित्ता रहेको छ ।

त्यसैगरी संचालक समितिका अध्यक्ष तुलसीराम अग्रवालसँग २० लाख ६२ हजार ८११ कित्ता, संचालक रामचन्द्र संघईसँग ५१ लाख २ हजार ७५१ कित्ता, संचालक निकुञ्ज अग्रवालसँग २० लाख ५७ हजार ३९५ कित्ता, संचालक गणेशमान श्रेष्ठसँग ३७१ कित्ता, संचालक आदित्य कुमार अग्रवाल १४३ कित्ता शेयर रहेकाे छ भने संचालक केशवप्रसाद लम्सालसँग १२५ कित्ता सेयर रहेको छ ।

त्यस्तै, सिइओ रोशन कुमार न्यौपानेसँग ५ हजार ७५२ कित्ता, नायव प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेसँग १० हजार ५७७ कित्ता, सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीसँग ६ हजार ४०४ कित्ता, सहायक प्रमुख अधिकृत राजेश रावल ४ हजार ८२४ कित्ता रहेकाे छ ।

त्यस्तै, सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावलसँग ६ हजार ३५५ कित्ता रहेको छ ।