काठमाडौँ । पठाओ र इनड्राइभका राइडरलाई प्रहरीले पक्राउ गरेको छ । पठाओ र इनड्राइभका ८३ जना राइडरलाई ‘अफलाइन ड्राइभ’ गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हाे ।

जिल्ला प्रहरी परिसर काडमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार अनलाइन सेवा बन्द गरेर उनीहरूले सर्वसाधारणलाई ओसारपसार गरेको भेटिएपछि उनीहरूलाई कारबाहीको दायरामा ल्याएको हो ।

पछिल्लो समय आपराधिक घटनाहरुमा त्यस्ता सवारी संलग्न देखिएको एसपी ढुंगेलले जानकारी दिए ।

साथै अफलाइनमा यात्रा गर्नु जोखिमपूर्ण हुने भन्दै प्रहरीले ‘अफलाइन राइड सेयर’ नगर्न सबैलाई आग्रह गरेको छ ।