काठमाडौं । डिजेलको मूल्य घटे सँगै बाग्मती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । ५ प्रतिशतसम्म तेलको मूल्य घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने व्यवस्थाअनुसार यसपटक मूल्य घटेको हो ।
राजपत्रमा प्रकाशन भएपछि काठमाडौं उपत्यकाको सार्वजनिक यात्रुवाहक सवारीको नयाँ भाडादर ५.९ प्रतिशतले घट्नेछ । त्यसैगरी काठमाडौं उपत्यकाबाहिर बाहिरका प्रदेशभित्रका क्षेत्रमा चल्ने चल्ने सार्वजनिक सवारीको भाडा दर ४.१८ प्रतिशतले घट्ने मन्त्रालयले जनाएको छ । यस्तै प्रदेशभित्र चल्ने महालवाहक सवारीको भाडा ५.६९ प्रतिशतले घटेको बाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ ।
बाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाउने निर्णय गरेर राजपत्रमा प्रकाशनका लागि आन्तरिक मामिला मन्त्रालयमा पठाएको मन्त्रालयले जानकारी दिएको छ।