काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २३.१६ अंकले घटेर १,८५१.४३ को विन्दुमा कायम भएको छ ।
आज २२ कम्पनीको शेयर मुल्य बढेको छ भने २११ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज २८४ कम्पनीको ४८ लाख ३७ हजार ८९३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २५ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै प्रभु बैंकको संस्थापक शेयर कारोबार भएको छ । आज बैंकको ६ करोड २४ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । हाथवे इन्भेक्ष्टमेन्टको ५ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भउको छ ।
यसका साथै, आज सिटिजन लाइफको तीन करोड ६६ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको तीन करोड ५८ लाख र हिजो मात्रै लाभांश पारित गरेको एनआइसी एशिया बैंकको तीन करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ७.८७ प्रतिशतका दरले कमाएका हुन् । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का इकाईधनीले ७.३१ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, सुपर माई हाइड्रोपावरका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर कम्पनी र हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
त्यस्तै, मिड सोलुको ९.०६, घलेम्दी हाइड्रोको ८.७७, भगवती हाइड्रोपावर डेभलपमेन्टको ८.७४, एनआईबिएल ग्रोथ फण्डको ७.५४, मान्डु हाइड्रोपावरको ७.४१, अप्पर लोहोरे खोलाको ७.१४ र स्वेत गंगा हाइड्रोपावरको ६.५० प्रतिशतले शेयरमूल्य घटेको छ ।
यी हुन् आज सबैभन्दा धेरै कमाउने १० कम्पनी :
यी हुन् आज सबैभन्दा धेरै गुमाउने १० कम्पनी :