काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले दूधको भुक्तानी गर्न दुग्ध विकास संस्थाहरुलाई निर्देशन दिएका छन् । सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी मन्त्री भुसालले एक महिनाभन्दा बढी बाँकी नराख्ने गरी किसानहरुलाई दूधको भुक्तानी गर्न दुग्ध विकास संस्थाहरुलाई निर्देशन दिएका हुन् ।
उनले दूधसँग सम्बन्धित संस्थाहरुको समस्या समाधानका लागि मन्त्रालयले उनीहरुको स्टक रहेको दुधलगायतका उत्पादनहरुलाई धितो राखी सहुलियतमा ऋण उपलब्ध गराउनका लागि पहल गरिदिने समेत बताए ।
दुधसम्बन्धि संस्थाहरुको स्टक रहेको उत्पादनबाट सहुलियत दरमा ऋण दिलाउन सकियो भने उनीहरुको समस्या पनि समाधान भएर जाने मन्त्री भुसालको भनाई थियो ।