काठमाडौं । आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो ।

याेसँगै आज छापावाला सुन प्रतितोला १ लाख ११ हजार ९०० र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत सोमबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार ३०० र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला १५ रुपैयाँले घट्दै १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।