काठमाडौं । आज मंगलबार नेप्सेमा हरियाली छाएको छ । बैंकको ब्याजदर घटेसंगै आज शेयर बजारमा हरियाली देखिएकाे हाे ।

आज नेप्से परिसूचक १३.१८ अंकले बढेर १८६४.६२ को विन्दुमा कायम भएको छ । आज १७३ कम्पनीको शेयर मुल्य बढेको छ भने ५७ कम्पनीको शेयर मुल्य घटेको छ ।

नेप्सेमा सूचीकृत २८९ कम्पनीहरुको ३८ लाख १३ हजार २३३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८४ लाख ३७ हजारको कारोबार भएको छ । बजार बढेसँगै आज १० उपसूचकमा हरियाली छाएको छ भने बाँकीका ३ उपसूचकमा भने रातो देखिएको छ ।

हाथवे इन्भेष्टमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ४ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा जिआइसी इन्स्योरेन्सको ४ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, एनआईसी एशिया, रिलायबल नेपाल लाइफ, नबिल बैंक, शिवम सिमेन्टस, नेपाल इन्भरेष्टमेन्टको प्रमोटर, साल्ट टेडिङ, आइएमई लाइफ र घोराही सिमेन्टसको आज सर्वाधिक कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनआइबिएल प्रगति फण्डका इकाईधनीले कमाएका छन् । यस फण्डका इकाईधनीले ७.३५ प्रतिशतका दरले कमाएका छन् । श्वेत गंगा हाइड्रोका लगानीकर्ताले ६.९१ प्रतिशतका दरले कमाएका छन् । सिद्धार्थ इक्विटी फण्डका इकाईधनीले ६.४८ प्रतिशतका दरले कमाएका छन् ।

साथै, मंगलबार स्वीत गंगा हाइड्रोपावरको ६.९१, सिद्धार्थ इक्युटी फण्डको ६.४८, मेगा म्युच्युअल फण्डको ६.४० प्रतिशतले शेयरमूल्य बढेको छ ।

आज सबैभन्दा धेरै हाथवे इन्भेष्टमेन्टका इकाईधनीले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८.५३ प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै, सुपरमाई हाइड्रोपावरको ६.४५ प्रतिशतले शेयरमूल्य घटेको छ ।