काठमाडौं । सिटिजन्स बैंकले शेयरधनीहरुलाई लाभांश दिएको छ । यो सँगै सिटिजन्स बैंक वाणिज्य बैंकहरुमध्ये सबैभन्दा चाँडो शेयरधनीलाई लाभांश पठाउने पहिलो बैंक बनेको छ ।
बैंकले गएको असोज २६ गते साधारणसभा गरी शेयरधनीलाई चुक्ता पूँजीको ५.७९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।
त्यसै अनुरुप बैंकले मंगलबार शेयरधनीको खातामा लाभांश पठाएको हो । यसबाहेक अन्य केही बैंकले साधारणसभाबाट लाभांश पारित गराइसकेका भए पनि शेयरधनीको खातामा पठाउन ढिला गरेका छन् ।