काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले सोमबार कम्पनीलाई प्रतिकित्ता ४०१ रुपैयाँका दरले बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गर्न अनुमति दिएको हो ।
कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई ४० प्रतिशत सेयर निष्कासन गर्ने छन् । कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई प्रतिकित्ता ५०१ रुपैयाँदेखि ७५१ रुपैयाँसम्म निष्कासन गर्न प्रस्ताव गरेको थियो ।
सर्वोत्तमले बुक बिल्डिङ विधिमार्फत् आइपीओ निष्कासन गर्न बोर्डमा २०७९ असार २८ गते निवेदन दिएको थियो ।
बोर्डले भने ४०१ रुपैयाँ सेयर निष्कासन गर्न दिने निर्णय गरेको छ । सर्वोत्तम सिमेन्टले पहिलो चरणमा २४ लाख कित्ता सेयर निष्कासन गर्ने छ । बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।