काठमाडौं । दसैँको बिदामा बैंकहरुले केही शाखा कार्यालयहरु खुला गर्ने भएका छन् ।
विभिन्न वाणिज्य बैंक र विकास बैंकहरुले दसैँको बिदाका दिन पनि देशका विभिन्न स्थानमा शाखाहरु खुला गरी ग्राहकलाई सुविधा प्रदान गर्ने भएका हुन्।
बैंकहरुले बिदाका दिन कात्तिक ४ गते , कात्तिक ५ गते , कात्तिक ६ गते, कात्तिक ८ गते र कात्तिक ९ गते दिन दसैँ काउन्टर सञ्चालन गर्ने भएका छन्।टीकाका दिन भने सबै बैंकहरुको कार्यालयहरु बन्द हुने जनाएको छ ।