हरेक जसो नेपालीको भान्सामा सबैभन्दा धेरै पाक्ने परिकार आलु नै हो । तर दशैंमा धेरै जसो मानिसहरु मासुजन्य परिकार पकाउँछन् । तर शाकाहारी ले केही दिर्घ रोग अथवा अन्य मासु धेरै खाँदा फाइदा नहुने व्यक्तीले के खाने त रु आलुको परिकार ।पनि धेरैका लागि स्वादिष्ट र फाइदाजकक हुन सक्छ । मासु खानेहरुले पनि तरकारी र सागपातमा पनि जोड दिन आवश्यक हुन्छ ।
आलुको जे मा पनि मिल्ने खानेकुरा हो । र आलुका कति परिकार बन्छन् त भन्ने त कुरा गरेर सकिँदैन । आलुको परिकारमा पनि आज हामी दही आलुको परिकार बनाउने बारे जानकारी दिन्छौं ।
दही आलुको परिकार बनाउनका लागि के के चाहिन्छ?
तेल, उसिनेको आलु, सर्स्युको तेल, सर्स्युका दाना, हिंग, जीरा, धनियाँ, बेसार, नुन, , रातो खुर्सानी र दही।
यति सामानको जोहो गरेपछि दही आलु बनाउन सुरु गर्न सकिन्छ। त्यसका लागि एक ओभानो भाँडोलाई ग्यास वा आगोमा बसाल्ने ।
उक्त भाँडोमा दुई चम्चा तेल राख्ने । तेर खारिएपछि बोक्रा छोडाइएको आलु हाल्नुस् र पाँच मिनेटसम्म पकाउनुपर्छ ।
त्यस्तै अर्को एक भाँडामा सर्स्युको तेल, दाना र जीरा हालेर भुट्ने ।
अब त्यसमा बेसार, हिंग, नुन र रातो खुर्सानी हालेर मज्जाले मिसाउने । अब यसमा दही हालेर मधुरो आगोमा पाँच मिनेटसम्म पकाउने । यो पाकेपछि त्यसमा आलु हालेर दुई मिनेट पकाउने।
दुई मिनेट पकाएपछि त्यो खानका लागि तयार भयो । अब त्यसमा केही धनियाका पात राखेर मजासँग खान सकिन्छ ।