विशेष गरी चाडपर्वको समयमा घाँटीमा मासुको हड्डी अड्किएर अस्पताल जानेको संख्या धेरै हुन्छ। मासुको हड्डी अड्किएर कत्तिको त ज्यान नै गएका खबरहरू धेरै आउँछन् । चिकित्सकहरुका अनुसार, मासु चपाएर नखाने, राम्रोसँग नखाने, दाँत नभएकाको घाँटीमा हड्डी अड्किने समस्या हुन्छ। माछा मासुसँग रक्सी खानेलाई हड्डी अड्किने समस्या हुन्छ। नसा सम्बन्धी रोग भएकाको पनि घाँटीमा हड्डी अड्किन सक्छ।

घाँटीमा श्वास नली र खाने नली हुन्छन्। धेरैजसो चिजहरू खाने नलीमै अड्किन्छ। त्यस्तो अवस्थामा थुक पनि निल्न नसक्ने अवस्थामा बिरामी पुग्छन्। हड्डी अड्किँदा केरा, लालिगुँरास खायो भने जान्छ भन्ने आम बुझाई छ। यो बुझाई गाउँ घरमा अझै धेरै छ। तर यो सरासर त्यो गलत भएकाले। घाँटीमा हड्डी अड्किएपछि अस्पताल जान जरूरी रहेको चिकित्सकको भनाई छ।

घाटीमा हड्डी अड्किएमा के गर्ने?

यस्तो भएको खण्डमा तुरुन्तै अस्पताल जानुपर्दछ ।, अस्पताल गएपछि यस्ता बिरामीको एक्स(रे गरेर तथा कतिपय अवस्थामा इन्डोस्कोपी गरेर समस्या पत्ता लगाएपछि बेहोस पारेर उपचार गरिन्छ। तर कुनै किसिमको चिरफार गर्नुपर्दैन। घाँटीबाट पाइप राखेर हड्डी निकाल्छौँ ।, चिकित्सक भन्छन् ‘समयमा आयो भने सजिलै निकाल्न सकिन्छ। तर घरेलु विधि अपनाउने खतरा मोल्नु हुँदैन। धेरै दिन भयो भने संक्रमण भएर झन् समस्या थपिन्छ। त्यसैले अस्पताल आउन जरूरी छ। श्वास नलीमा अड्कियो भने मात्रै तुरुन्तै अस्पताल आउनुपर्ने हो। खाने नलीमा अड्किएको छ भने त्यस्तो हतार गर्नुपर्दैन। तर जतिसक्दो चाँडो अस्पताल भने पुग्नुपर्छ।’

‘धेरैजसो खानेकुरा खाने नलीमै अड्किन्छ। कतिपय बिरामी ६–७ दिनमा आउँछन्। जसले गर्दा संक्रमण हुने खतरा हुन्छ। केही अड्किएको थाहा पाएपछि अस्पताल आउन जरूरी छ। ,विशेष गरेर बच्चाको श्वास नलीमा खानेकुरा अड्किन्छ। युवा र वृद्धमा खानेकुरा नलीमा अड्किन्छ। घाँटीमा केही अड्किनासाथ नजिकको स्वास्थ्य संस्थामा जानुपर्छ।’
त्यस्तै, माछाको काँडा अड्किने समस्या पनि धेरै हुन्छ। काँडा अड्किएपछि घरेलु कारणले निस्किँदैन। कतिपय केसमा एक्स(रे गर्दा पनि देखिँदैन निकै सानो हुुन्छ ।

माछाको काँडा अड्कियो भने घरेलु उपचारमा नलागी चाँडो भन्दा चाँडो स्वास्थ्य संस्थामा जानुपर्छ। चपाएर खाने हतार नगरी खाएमा हड्डी अड्किने समस्या धेरै कम हुन्छ।

कुनै बिरामी हड्डी अड्किएको ३–४ दिन पछी मात्रै अस्पताल जान्छन् यस्तो अवस्थामा बढी जोखिमपूर्ण हुन सक्छ । धेरै समय हुँदा इन्फेक्सन पनि हुन सक्छ । त्यसैले हड्डी अड्कने बित्तिकै अस्पताल गइहाल्नुपर्छ । पछि जाउँला भनेर कुरेर बस्दा जोखिम बढ्न सक्छ ।