काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य घटेको छ । साताको अन्तिम दिन आज सुनको मूल्य ५ सय रुपैयाँले घटेको हो ।
नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज घटेको मूल्य अनुसार छापावाल सुन तोलामा १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
साथै, आज नेपाली बजारमा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । घटेको मूल्य अनुसार चाँदी १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।