काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ । कम्पनीको ५ लाख कित्ता लिलामी शेयरमा खरिद आवेदन दिने आज कात्तिक १२ गते अन्तिम दिन रहेको हाे ।

कम्पनीले गत कात्तिक ३ गतेबाट संस्थापक समूहको ५ लाख कित्ता शेयर बिक्रीमा राखेको थियो । यो शेयरमा आज बैंकिङ समयसम्म खरिद आवेदन दिन सकिनेछ ।

उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीहरु र अन्य संगठित संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् । बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७० रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १ लाख कित्ता शेयरका लागि खरिद आवेदन दिनुपर्नेछ । अधिकतममा भने सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेस गर्न सकिनेछ। ईच्छुक लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको काठमाडौंको थापाथलीस्थित कार्यालयमा खरिद आवेदन पेस गर्नुपर्नेछ ।