बिगत २ बर्षदेखी शेयर बजार बेयरिस ट्रेण्डमा छ। यो बिचमा १२ करोडको सीमा सम्बन्धी व्यवस्थाले निकै नै चर्चा पायो। राष्ट्र बैंकले यो सीमालाई पनि केहि हदसम्म सम्बोधन गर्यो तर पनि मार्केट बढ्नुको साट्टो झन् झन् घटिरहेको छ। मार्केट घटेर निराश बनेका लगानीकर्ताहरुमा अब कस्तो रणनीति अपनाएर अगाडी बढ्ने भन्नेमा धेरै नै अन्योलता देखिएको छ। यो अन्योलतालाई चिर्नका लागि शेयर विश्लेषक नवराज दाहालले अहिलेको घट्दो बजारमा लगानीकर्ताले अपनाउनु पर्ने १० सुझाव दिएका छन्।
यस्ता छन् विश्लेषक दाहालका सुझाव
होल्ड इज गोल्ड
यो रणनीति अनुसार यस्ता कम्पनी पर्छन जुन कम्पनिले केही न केही दिने गर्छन वा कुरेर बस्दा कित्ता थपिदै जान्छ । भविष्यमा लगानीकर्ताले केहि न केहि अवस्य प्राप्त गर्ने छन् । अहिले सामान्य लागेका स्क्रिप्टबाटै लगानिकर्ताले ठुलो लाभ पाउछन् ।
कित्ता घट्दैन
यो रणनीति अनुसार यस्ता कम्पनी पर्छन जुन कम्पनिले तत्काल केही दिन सक्ने अबस्थामा छैन तर पनि किनेर राखिएको हुन्छ । बजार बढ्दा÷घट्दा मुल्यमा तिब्र उतारचढाव आउछ यस्ता कम्पनी डिम्याटमा रोकेर राख्ने हो डराउने आत्तिने हैन । जसरी बजार घट्दा मूल्य तल झर्छ बजार बढ्दा त्यसरी नै बढ्ने गर्छ । यो कम्पनीले केहि पनि दिदैन यो राखेर काम छैन भनिएका शेयरको मूल्य घटे पनि कित्ता घट्दैन । शेयर बजारको सबैभन्दा राम्रो विशेषता नै यहि हो । कम्पनीको मूल्य सून्यमा नै किन नझरोस् तर त्यसको कित्ता यथावत रहन्छ । त्यसैले बजार घट्दा क्षति लस देखिए पनि बजार सुधार हुँदा लगानीकर्ताले आफ्नो लगानी फिर्ता पाउछन् ।
स्टप लस
नेपालको परिपेक्षमा स्टप लस भनेको स्टुपिड लस हो । हाल नेपालमा लिस्टिङ कम्पनी स्टप लस गर्ने खालका कम्पनी छैनन । लस बुक गर्ने कामलाइ स्टप लस भनेर विभिन्न किसिमका प्राविधिक विश्लेषण गरिन्छन् । जुन कम्पनीको भबिस्य नै छैन वा आफुले बेचेपछी त्यो कम्पनिको अस्तित्व नै समाप्त भएर जान्छ त्यस्तो अबस्थामा जति सम्पती जोगाउन सकिन्छ त्यो जोगाउनु स्टप लस हो । नत्र लस बुक गरेको कारोबारलाई स्टप लस भनेर सारालाई स्टुपिड बनाउने काम भएको छ ।
एभरेजिङ
एभरेजिङ गर्ने भनेको ब्अतष्खभ ट्रडेर्सले मात्र हो जुन दैनिक कारोबार गर्ने र ध्बअअ कम गरेर बेच्नको लागि वा तत्काल लागत मूल्य घटाएर बेच्नको लागि मात्र उपयोग गर्ने हो । एभरेजिङ गर्न आफ्नो डिम्याटमा भएको सेयर भन्दा धेरै गुणा सेयर खरिद गर्ने र हालको मूल्य भन्दा तल मूल्य झारी तत्काल अर्को कम्पनीको सेयर खरिद गर्नेको लागि प्रयोग गर्ने विधि हो । सबै कम्पनीको सेयरमा एभरेजिङ गर्दा झन जोखिम बढ्न सक्छ ।
अबधी कति मान्ने ?
कुनै पनि कम्पनिको लागि छोटो अबधि हो भने एक ट्रेडिङ अबधी (डिम्याटमा आएर बेच्न मिल्ने) मान्नु पर्छ । मिड टर्म हो भने चलाख रहनु पर्छ । बजारमा आउने समाचार, नीति, नियम र लगानिकर्ताको माहोल, कम्पनिको कारोबार अनुसार सजग भएर कारोबार गर्नु पर्छ । मिड टर्म लगानिको कुनै समय अबधी हुदैन ट्रेडङ अनुसार नीति बनाउदै जादा उपयुक्त हुन्छ । लामो अबधी हो भने एक बुलबाट अर्को बुल अर्थात एउटा उच्च बिन्दुबाट झरेको कम्पनि पुरानो उच्च बिन्दु पार गरेको केही समय सम्म मान्दा उपयुक्त हुन्छ । लगानिको अबधी अनुसार कुर्न वा बेच्न सकिएन भने दर्शक मात्र बन्न सकिन्छ केही प्रगती हुँदैन ।
लगानी कसरी गर्ने
लगानी कसरी गर्ने भन्ने आफू कुन प्रकृतिको (ट्रेडर/इन्भेस्टर) लगानिकर्ता हो त्यो अनुसार योजना बनाउनु पर्छ । अर्काको कुरा सुनेर कहिल्यै लगानी गर्नु हुँदैन । घाटी हेरेर हाड निल्ने हो भन्ने भनाइलाई सधै सम्झिनु पर्छ ।
ऋण लिएर लगानी ?
सकेसम्म पूँजी बजारलाइ लोन फ्री बनाउनु पर्छ । ऋण लिएर सकेसम्म लगानी गर्दै नगर्ने । गर्नै परे बजार घटेपनी ब्याज तिरेर थेग्न सक्ने आयश्रोत छ भने मात्र ऋण लिदा राम्रो हुन्छ । बिना योजना ऋण लिएर सेयर किन्ने हो भने सावा पनि गुम्ने पक्का पक्की नै हुन्छ ।
पेड एप्स
धेरै ठूलो कारोबार छ लङ टर्म, सर्ट टर्म वा दौनिक ट्रेडिङ छ भने रियल टाइम डाटा प्राप्त गर्न पेड एप्स लिनु उपयुक्त हुन्छ । अन्यथा पेड एप्स लिनु भनेको आफ्नो डाटा एप्सवालालाई दिनु वा दुःख गरेर कमाएको पैसा एप्सवालालाई दान गर्नु मात्र हुन्छ । सामान्य कारोबारको लागि कुनै पनि पेड एप्स चाहिदैन ।
पेडवाला तालिम लिने कि नलिने ?
मेरो नजरमा नेपालको पूँजी बजारमा पोख्त वा नियमनकारी निकायबाट सर्टिफाइ भएको कुनै पनि ट्रेनर छैनन । सबै अन्दाजको भरमा नाङ्ले पसल थापेर बसेका हुन्छन । जबसम्म सिकाउने मान्छेको योग्यता थाहा हुदैन त्यस्ता ब्यक्तिगत कुनै तालिम लिएर खर्च गर्नु हुँदैन । अन्दाजको भरमा अरुलाइ बेवकुफ बनाएर आस देखाउदै बिना बुद्धिका मास्टरहरु धेरै पाइन्छन । बिचार गरेर मात्र अगाडि बढ्नु उचित होला ।
विभिन्न ग्रुप वा पेड ग्रुपको कुरा ?
सबैभन्दा ठूलो भुल अरुको कुरा सुन्नु वा ग्रुप ट्रेडीङबाट पैसा कमाउन सकिन्छ भन्नू हो । ग्रुप ट्रेडिङमा कम्पनिको भाउ बढाउन कम्पनिको प्रचारको सुरुवात र अन्त्यमा बेच्नुभन्दा पहिला ठूलो कित्ता किनेर मूल्य बढाउने क्षमता हुनुपर्छ । यदि ग्रुप ट्रेडिङ्को रणनीतिमा आफुले चलाउन खोजेको कम्पनीको मूल्य बढाउन असफल भइयो भने जस्ले प्लान गरेको हो प्लान गर्नेवाला नै नमज्जाले फस्ने जोखिम हुन्छ ।
नेपालको परिस्थितिमा जस्ले कम्पनी चलाउन अनेक प्रपन्च रच्यो त्यो नै फसेर बसेको स्थिति छ । त्यसैले अरुको कुरामा हो मा हो र ग्रुप ट्रेडिङ्को पछि लाग्नु घातक मानिन्छ ।
(शेयर बजारमा यस्ता धेरै कुराहरु छन् । यो मेरो व्यक्तिगत धारणा हो । यसैलाई मात्रै आधार नमानी धेरै भन्दा धेरै अध्ययन गर्नु पर्छ । लहड र बोक्रे कुराहरुको मात्रै भर नपरी भित्री र सैद्धान्तिक र प्राविधिक ज्ञान पनि हुनु पर्छ ।)