काठमाडौं । भक्तपुरबाट प्रहरीले १५ जना जुवाडेलाई पक्राउ गरेकाे छ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ स्थित कौशलटारमा सञ्चालित जुवाखालमा प्रहरीले छापा मारेको हाे ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकका अनुसार कौशलटारमा इन्द्रबहादुर श्रेष्ठको टहरामा सञ्चालित जुवा खालमा छापा मारेर १५ जनालाई पक्राउ गरिएको हाे ।

पक्राउ पर्नेमा सिन्धुलीको गोलन्जोर घर भएका कुमार बराल, दोलखा घर भएका बाबुराम खड्का, काभ्रे घर भएका बुद्धिलाल स्याङतान र मध्यपुर थिमी घर भएका ३० वर्षीय राम गोपाल कुटु सहित १५ जना छन् ।

त्यस्तै, जुवा खालबाट १४ बुक तास र १ लाख ४ हजार नगद बरामद गरिएको छ ।