काठमाडौं । डिशहोमले ल्याएको ‘फेस्टिभ २४ मन्थ प्याकेज’ अफरको अवधि थपिएको छ । ग्राहकहरुबाट अत्यधिक प्रतिक्रिया आएपछि मंसिर ३ गतेसम्मका लागि अवधि थपिएको हो ।
डिशहोम फाइबरनेटले बडादशैंको अवसर पारेर डिशहोम फाइबर नेट जोड्ने ग्राहकलाई एक वर्षको पैसा तिर्दा दुई वर्ष सेवा लिन पाउने अफर ल्याएको थियो । डिशहोमले उक्त अफर घटस्थापनाको दिनदेखि नै सुरु गरेको थियो ।
सो अफरअन्तर्गत नयाँ ग्राहकहरुले ५० एमबीपीएस देखि ३ सय एमबीपीएससम्मका प्याकेजहरु जडान गर्न सक्नेथिए । जसमा ग्राहकले ५० एमबीपीएसदेखि २ सय ५० एमबीपीएससम्म फाईभ–जी राउटरका साथै ३ सय एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई–६ राउटर पाउन सक्नेछन् ।
उक्त अफरमा ग्राहकहरुबाट अत्यधिक प्रतिक्रिया आएपछि छठ पर्वको दिन (मंसिर ३ गते) सम्मका लागि थप गरेको कम्पनीले जनाएको छ ।