काठमाडौं । आज मंगलबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य ५ सय रुपैयाँले घटेकाे हाे ।
हिजो सोमबार प्रतितोला १ लाख १६ हजार ५ सय कारोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले घटेर १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा ५ सय रुपैयाँले घटेर आज एक लाख १५ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदीको भाउ भने आज सामान्य बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।