काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगम व्यवस्थापन समितिको बैठकले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाउने निर्णय गरेको हो ।
घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु हुने निगमले जनाएको छ । आईओसीबाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि ठूला चाडपर्वको मुखमा उपभोक्ता मूल्य नबढाउने सरकारको नीतिअनुसार पेट्रोल र खान पकाउने ग्याँसको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ ।