काठमाडाैं । सिनर्जी पावर डेलभपमेन्टको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत भदौ ३ गतेदेखि बिक्री खुला गरेको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेकाे हाे ।

कम्पनीले गत भदौ ३ गतेदेखि भर्दा ३१ गतेसम्म आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको २ः१ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो।

त्यस क्रममा बिक्री नभएको सर्वसाधारण समूहको ५ लाख ६३ हजार २६१ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा राखिएको हो।

लिलामी राखिएको सेयर न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्तालाई न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।