काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अन्तर्राष्ट्रिय समन्वय परिषद अध्यक्ष डा.बद्री केसीले आफूसँग चुनावमा पराजित भएका आरके शर्मासहितबिरूद्द जाहेरी दर्ता गराएका छन् । केसीले आज प्रहरी वृत्त दरवारमार्गमा जाहेरी दर्ता गराएका हुन् ।
जाहेरीमा आफूसँग पराजित उपविजेता राजेन्द्र कुमार शर्मा,बुद्धिसागर सुवेदी,गंगाधर गौतम,ठाकुर प्रसाद ढुंगाना र ओम शर्मालगायतमाथि तीनवटा अलग अलग अभियोगमा कारवाहीको माग गरेका छन् ।
पराजित भएपछि पनि केन्द्रीय कार्यालय कब्जा गर्ने उद्देश्यले माओवादीका प्रवास ब्युरो इन्चार्ज ओम शर्मासहित वाइसिएलको टोली लिएर गएका शर्माको समूहले कर्मचारीमाथि समेत आक्रमण गरेको केसी पक्षले जनाएको छ ।
दर्ता भएको जाहेरीमा जीउ ज्यान र सम्पत्तिको शान्ति सुरषा,हुलदंगा गर्ने व्यक्तिहरुमाथि अभद्र व्यवहारको कसूरमा कारवाही र वैयक्तिक गोपनियता तथा प्रतिष्ठथाविरुद्धको कसूरमा कारवाहीको माग गरिएको छ ।
त्यस्तै, जाहेरीमा संघको कार्यालय र राष्ट्र बैकको समेत सिसिटिभी क्यामेराको फुटेज हेरेर कानूनी कारवाहीको माग गरिएको छ ।