काठमाडौँ । चाडपर्व दसैँ–तिहारले बजारमा नगद प्रवाह (करेन्सी ईन सर्कुलेशन) बढेकाे छ । नेपाल राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्ममा बजारमा कूल ६ खर्ब ५८ अर्ब ९९ करोड १५ लाख रुपैयाँ नगद प्रवाह भएको छ ।
यो गत असार मसान्तको तुलनामा ३३ अर्ब २० करोड ३६ लाख रुपैयाँले बढी हो । २०८० असार मसान्तसम्ममा बजारमा कूल ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख रुपैयाँ नगद प्रवाह भएको थियो ।
चाडपर्वका बेला सर्वसाधारण उपभोक्ताहरुले उपभोग्य वस्तुको खरिद बिक्री तथा घरायसी खर्चका लागि बैंकहरुबाट पैसा झिक्दा बजारमा पैसा बढ्न पुगेको हो ।