काठमाडौं । नेपाल बैंक लिमिटेडले चुक्ता नगर्ने ऋणीहरुको धितो लिलाम गर्ने भएकाे छ । ३५ दिनभित्र कर्जा चुक्ता नगरे तपशिलका ऋणीहरुको धितो लिलाम गरिने बैंकले जनाएको हो ।
बैंकबाट कर्जा लिई साँवा, ब्याज नतिरेपछि कर्जा असुलका लागि धितो लिलाम गर्न लागेको बैंकले जनाएको छ ।
बैंकका अनुसार तोकिएको समयावधिभित्र पनि कर्जा चुक्ता नभएको खण्डमा धितो लिलाम गरिनुका साथै ऋणी तथा जमानतकर्ताको नामसमेत कर्जा सूचना केन्द्रको कालोसूचीमा राखिने छ ।