काठमाडौं । आज पनि शेयर बजार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ५.८३ अंकले घटेकाे हाे । नेप्से परिसूचक ५.८३ अंकले घटेर १,८५८.५६ को विन्दुमा कायम भएको छ ।

आज ६८ कम्पनीको शेयर मुल्य बढेको छ भने १६२ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २९६ कम्पनीको ३३ लाख ६४ हजार ५६ कित्ता शेयर किनबेच हुँदा ८१ करोड २० लाख ८९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । यस कम्पनीको १४ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आशा लघुवित्त वित्तीय संस्थाको ७ करोड २ लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ । हाथवे इन्भेष्टमेन्टको १ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिजन लाइफको १ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, रिलायबल नेपाल लाइफ, ग्लोबल आइएमई बैंक, हिमालयन डिष्टीलरी, नबिल बैंक, सोल्टि होटल र नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ।

आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९.३९ प्रतिशतका दरले कमाएका छन् । हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८.५४ प्रतिशतका दरले कमाएका छन् । रावा इनर्जीका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, मेगा म्युचुअल फण्ड १, घलेम्दी हाईड्रोपावर, नबिल ब्यालेन्स फण्ड २, मिर्मिरे लघुवित्त, इमजीङ नेपाल , सानिमा लार्ज क्याप फण्ड र न्यादी हाईड्रोपावरको शेयर मूल्य बढेको छ।

आज सबैभन्दा धेरै सोनापूर मिनरल्सका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ७.९९ प्रतिशतका दरले गुमाएका छन् ।

त्यस्तै, सिद्धार्थ इक्विटी फण्डको शेयरमूल्य ७.७५, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को ६.१४, सीवाईसी नेपाल लघुवित्तको ५.५२ र स्वेत गंगा हाइड्रोको शेयरमूल्य ४.०४ प्रतिशतले घटेको छ ।