काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको दबाब हटाउनु सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् । बुधबार काठमाडाैंको पेरिसडाँडामा आयोजित कार्यक्रममा बाेल्दै प्रधानमन्त्री प्रचण्डले यस्ताे बताएका हुन् ।
उनले अर्थतन्त्रको दबाब हटाउन राष्ट्रिय गोलमेचको तयारी गरेको बताए । उनले मुलुकको अर्थतन्त्र संकटमुक्त भइसके पनि दबाबमुक्त भने हुन नसकेको बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले सरकारको नेतृत्व गर्ने बेला अर्थतन्त्र निकै अप्ठ्यारो अवस्थामा थियो। तर, निरन्तरको मेहनतका कारण अर्थतन्त्र संकटमुक्त भएको छ। विदेशी मुद्राको सञ्चिति, राजस्व संकलन र परिचालन, पर्यटक आगमन, विप्रेषण लगायतका क्षेत्रका सूचक हेर्दा प्रगतितिरै छौं, तर अर्थतन्त्र अझै पनि दबाबमुक्त भइसकेको छैन।’
सामान्य वा टालटुले तरिकाले अर्थतन्त्रको दबाब हट्दैन भन्ने राम्रोसँग हेक्का भएको उनको भनाइ थियो।
उनले बजेट बनाउने प्रणाली र प्रक्रियाले अर्थतन्त्रलाई सहयोग नगरेको पनि बताए ।