काठमाडौं। भिजन लुम्बिनी उर्जा कम्पनीको आज बिहीबार (कात्तिक १६ गते) देखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला भएको छ । कम्पनीले सर्वसाधारणका लागि कुल २० लाख ७५ हजार २८५ कत्ता साधारण सेयर निष्कासन गरेको हो ।
यस कम्पनीले स्थानीय बासिन्दाले आवेदन नदिएको ४ लाख ८७ हजार ९१० कित्ता सेयरसमेत थप गरेर सर्वसाधारणलाई उक्त आइपीओ बिक्रीमा ल्याएको हो । यसमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा मंसिर १ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख ८० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेको छ ।
रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले यो आइपीओलाई ‘आइआरएन डबल बी माइनस इस्यूआर’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।
कम्पनीको कारोवार गर्ने मुख्य स्थान कम्पनीको रजिष्टर्ड कार्यालय रुपन्देही जिल्ला, बुटवल महानगरपालिका, वडा नं.६, गुरुद्धापथ, बुटवल, रुपन्देही कर्पोरेट कार्यालय, कामनपा १० बुद्धनगर, काठमाडौं र जलविद्युत उत्पादन केन्द्र कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिका साविक घाचोक, सार्दिखोला, पुरानचौर र माछापुच्छे« गा.वि.स मा रहेको छ ।
कम्पनीले कास्की जिल्लास्थित सेती नदीको पानी प्रयोग गरी २५ मेगावाट जडित क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस जलविद्युत आयोजनाले विद्युत उत्पादन गर्ने अनुमति २०७७ असार १५ गते प्राप्त गरेको थियो । उक्त अनुमति २११२ असार १४ गतेसम्म बहाल रहन्छ ।