काठमाडाैं । आजबाट बैंकिङ समय अपराह्न ३ बजेसम्म हुने भएकाे छ । आज कात्तिक १६ गतेबाट बैंकिङ समय अपराह्न ३ बजेसम्म हुने भएकाे हाे।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक समयतालिका अनुसार आजबाट बैंकिङ समय १ घन्टा कम हुने भएको हो।

राष्ट्र बैंकले वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजदेखि अपराह्न ४ बजेसम्म बैंकिङ समय रहने तोकेको छ। कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजदेखि अपराह्न ३ बजेसम्म बैंकिङ समय हुनेछ। प्रत्येक शुक्रबार बिहान १० बजेदेखि अपराह्न १२ः३० बजेसम्म बैंकिङ समय हुनेछ।

राष्ट्र बैंकले वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजदेखि अपराह्न ५ बजेसम्म बैंकहरुको कार्यालय समय रहने तोकेको छ। कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजदेखि अपराह्न ४ बजेसम्म कार्यालय समय हुनेछ। प्रत्येक शुक्रबार बिहान १० बजेदेखि अपराह्न १ः३० बजेसम्म कार्यालय समय हुनेछ।

त्यस्तै, सरकारी कार्यालयहरु पनि आजदेखि अपराह्न ४ बजेसम्म मात्रै खुल्नेछन्। सरकारले राजपत्रमा सूचना प्रकाशित गरेरै कार्यालय समय तोक्छ। सोहीअनुसार सरकारी कार्यालयहरु आजबाट अपराह्न ४ बजेसम्म मात्रै खुल्ने भएका हुन्।

जाडोयाममा सरकारी कार्यालयको दैनिक सेवा समय १ घन्टा कम हुने प्रावधानअनुसार आजदेखि माघ १६ गतेसम्म सरकारी कार्यालय अपराह्न ४ बजेपछि बन्द हुनेछ।