काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य आज ७ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ७ सय रुपैयाँले नै बढ्दै १ लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँले बढ्दै १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।